बैतडी बैतडीमा मंसिर ५ गतेदेखि रेडियन्ड ग्याँस बिडिसिए ओडिआई प्रधानमन्त्री कप छनौट प्रतियोगिता २०८१ हुने भएको छ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजना हुन लागेको यो प्रतियोगिता बिडीसिए कपको २१ औं संस्करण हो।
प्रतियोगितामा जिल्लाभरीका १६ टिमको सहभागीता रहने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिता इलाइट र प्लेट च्याम्पियनसिप गरेर दुई चरणमा हुने बैतडी जिल्ला क्रिकेट संघका प्राविधिक समितिका संयोजक राजेन्द्र चन्दले बताउनुभयो ।
गत संस्करणमा सेमिफाइनलमा पुगेका ४ टोली टोली सोझै इलाइट च्याम्पियनसिप खेल्नेछन् ।निङलाशैनी क्रिकेट क्लब,दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाईसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए।
बाँकी १२ टोली प्लेट च्याम्पियनसीप खेल्ने र च्याम्पियन बन्ने टोली इलाइट च्याम्पियनसिपका लागि छनौट हुनेछ।मंसिर २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुनेछन् ।
यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ।
बैतडी जिल्ला क्रिकेट संघले गत वर्षदेखि ओडिआई फरम्याटमा प्रतियोगिता सञ्चालन गरिरहेको छ।प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।
दस लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजक रेडियन्ट ग्याँस रहेको छ।गत वर्ष सम्पन्न २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले जितेको थियो।
खेलाडीहरूको क्षमता अभिबृद्धिका जिल्लास्तरबाटै प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताउनुभयो।