बैतडी : मेलौलीमा खुल्ला टि–ट्वान्टी टेनीस वल क्रिकेट प्रतियोगिता हुने भएको छ। आगामी मंसिर २ गतेदेखी विठ्ठन्ने टाईगरको आयोजनामा खुल्ला टि–ट्वान्टी टेनीस वल क्रिकेट प्रतियोगिता हुने खेलकुद संयोजक गणेश नेगीले बताउनुभयो।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ मेलौली नगरपालिकाको खेलमैदानमा विठन्नेमा प्रतियोगिता सञ्चालन हुने जनाईएको छ। प्रतियोगितामा सम्पूर्ण खेलप्रेमी माहानभावहरुलाई टिम दर्ताका लागि आह्वान गरिएको छ।
टिम दर्ता मंसिर १ गतेभित्र गरिसक्नु पर्ने जनाईएको छ। टिम दर्ताको लागि ४००० शुल्क तोकिएको छ। प्रतियोगिताको विजेताले २२ हजार २ सय २२ र उपविजेताले ११ हजार १ सय ११ रुपैया प्राप्त गर्ने आयोजक कमिटीले जानकारी दिएको छ।
यसैगरी उत्कृष्ट ब्याट्सम्यानलाई एक हजार, उत्कृष्ट बलरलाई एक हजार, म्यान अफ द सिरिज १ हजार ५ सय पुरस्कार दिईने संयोजक नेगीले बताउनुभयो।
टिम दर्ता अनलाईनबाट पनि गर्न सकिने छ।