बैतडीमा बन्दुक देखाएर तर्साउने दुई जना पक्राउ,अनुसन्धान शुरु

बैतडी-बैतडीमा बन्दुक देखाएर तर्साउने दुई जनालाई पक्राउ गरिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–९ लमौताका ३६ बर्षीय तारादत्त जोशी र ४३ बर्षीय महेशदत्त जोशीलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

शुक्रबार राति ८ बजेको समयमा मादक पदार्थ सेवन गरेर दुबै जनाले स्थानीयलाई त्रसित पारेको आरोप छ। नागार्जुन प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति नै दुवै जनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको थियो। आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर दुवै जनामाथि हातहतियार तथा खरखजाना कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.