बझाङमा नाबालिकाको घाँटी थिचेर हत्या

बझाङ – बझाङमा नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिका गीता साँउदको घाँटी थिचेर हत्या गरेका हुन।

प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदकी श्रीमती २० वर्षीया मनकला साउँदलाई विवाह गरेर २०८१ भदौ २२ गते ल्याएका थिए। मनकला र बोहराको बिचमा २०८१ मङ्सिर २ गते विवाद भएपछि उनले नाबालिकाको घाँटी थिचेका हुन। बोहरालाई बझाङ प्रहरीले पक्राउ गरेको छ।

Leave A Reply

Your email address will not be published.