रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। मंगलबार बसेको बैठकले आन्दोलनको बारेमा निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।

पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाउन तथा अर्को चरणको विरोध प्रदर्शन गर्ने भन्दै रास्वपाले त्यसको तयारी गर्न बैठक बोलाएको हो। बैठक आज दिउँसो तीन बजे बस्ने जनाइएको छ।

आज बस्ने बैठक पार्टीको दोस्रो चरणको कार्यक्रमबारे निष्कर्षमा पुग्ने पार्टीका नेताहरूको अपेक्षा छ।

Leave A Reply

Your email address will not be published.