आज धेरै ठाउँको मौसम सफा

आज देशका धेरै ठाउँको मौसम सफा छ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही अरु बाँकी सबै ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका केही ठाउँमा हल्का हुस्सु लागेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

कोशी, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।

Leave A Reply

Your email address will not be published.