सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गर्ने

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बुधबार बचत रकम फिर्ता गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ। बिहान साढे ११ बजे काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानमा भेला भएर दबाबमूलक कार्यक्रम गर्न लागेको अभियन्ता सन्तोष पन्तले जानकारी दिए।

उनका अनुसार काठमाडौंको चाबहिल चोक, कालिमाटी र सोह्र खुट्टे चोकमा सहकारी पीडितहरूलाई भेला हुन आह्वान गरिएको छ। यस्तै ललितपुरको पुल्चोक र भक्तपुरको गठ्ठाघर चोकमा विरोध कार्यक्रम गर्ने तोकिएको छ।

पहिलो चरणमा आज विभिन्न अलग अलग स्थानमा कार्यक्रम हुने र थप एकत्रित कार्यक्रम गर्ने तयारी रहेको पन्तले बताए। सहकारीपिडितको आन्दोलनमा सहकारीकै बचत रकम अपचलनमा सभापति रावि लामिछाने पक्राउ परेर आन्दोलनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि एक्यवद्धता जनाएको छ।

पार्टीका नेता कार्यकर्तालाई रास्वपाले गैरदलीय पहिचानसहित आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।

Leave A Reply

Your email address will not be published.