घुस लिएको भन्दै भारतीय अर्बपति अदानीविरुद्ध अमेरिकामा मुद्दा दर्ता

काठमाडौं-भारतीय अर्बपति गौतम अदानीविरुद्ध ठगीको आरोपमा अमेरिकामा मुद्दा दर्ता भएको छ।

अदानीमाथि आफ्नो कम्पनीलाई अमेरिकामा ठेक्का दिलाउन झुटो बोलेको र २० करोड डलर घुस दिएको आरोप लागेको हो। भारतका सबैभन्दा धनी ६२ वर्षीय अदानीविरुद्ध न्यूयोर्क अदालतमा आपराधिक मामिलाको मुद्दा दर्ता भएको बीबीसीले जनाएको छ।

अदानी बन्दरगाह, विमानस्थलदेखि ऊर्जा क्षेत्रका लगानीकर्ता हुन्। अमेरिकी अभियोजनकर्ताले अदानीविरुद्ध नवीकरणीय ऊर्जा कम्पनीलाई ठेक्का दिलाउनका लागि झुठो बोलेको, घुस दिएको मामिला लुकाउन खोजेको जस्ता आरोप लगाएका छन्।

नवीकरणीय ऊर्जा परियोजनामा आगामी २० वर्षमा दुई अर्ब अमेरिकी डलरभन्दा बढी नाफा हुने प्रक्षेपण गरिएको छ। गत वर्ष पनि अदानीविरुद्ध अमेरिकाको हिडनबर्ग नामको एक कम्पनीले ठगी गरेको आरोप लगाएको थियो।

अदानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटस्थ मानिन्छन्। उनले भारतमा प्रधानमन्त्री मोदीका कारण कयौँ ठूला ठेक्का प्राप्त गरेको आरोप अन्य व्यवसायी र त्यहाको प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले लगाउँदै आएको छ।

Leave A Reply

Your email address will not be published.