लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाडौँ -‘हामी सबैको प्रतिबद्धता:  लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ ।

लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लैङ्गिक हिंसा विरुद्धको अभियानको राष्ट्रिय नारा तय गरेको छ ।

यस्तै, अन्तर्राष्ट्रिय नारा भने बेइजिङ घोषणापत्र र कार्यान्वयनको ३० वर्ष:महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ भन्ने रहेको छ ।

यो १६ दिनको अवधिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस पनि पर्ने भएकोले नेपालमा सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रमहरू गरी मनाउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.