एनपिएल क्रिकेट: टिकट दर तय

नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटका लागि टिकट दर तय गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार प्रतियोगताका लागि साधारण तथा भिआइपी गरि दुई प्रकारको टिकट दर सार्वजनिक गरेको हो।

क्यानका अनुसार प्रतियोगिताको उद्घाटनको दिन टिकटको दर साधारणतर्फ ३ सय रुपैयाँ र भिआइपीतर्फ ७ सय रुपैयाँ तय गरिएको छ। अन्य दिन साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रुपैंया तोकिएको छ। प्ले–फ्को दिन साधारणतर्फ ५ सय र भिआइपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ भने फाइनलको दिन साधारणतर्फ ५ सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकट मुल्य तोकिएको छ।

पुरै प्रतियोगिता अवधिका लागि सिजनल टिकट खरिदको व्यवस्था समेत गरिएको छ। सिजनभरको टिकटका लागि साधारणतर्फ ४ हजार ४ सय ८० र भिआइपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ निर्धारण गरिएको छ। टिकट बिक्री गएरातिबाट खल्ती एपमार्फत शुरु गरिएको छ।

Leave A Reply

Your email address will not be published.