दार्चुलाको टिंकर चौकी छाङरु झर्‍यो

दार्चुला-दार्चुलाको टिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ। तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताउनुभयो । छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो। चिसो बढेपछि टिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन्। प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो।

Leave A Reply

Your email address will not be published.