उपनिर्वाचन : दार्चुलाको दुहुँमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

दार्चुला: आज सम्पन्न उपनिर्वाचनबाट दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर(५ मा नेपाली कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेस उम्मेदवार धनसिंह कुवर ३७६ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३५८ मत ल्याए।

नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का लालसिंह कुवरले २५ मत पाएका छन्। गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्षको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

Leave A Reply

Your email address will not be published.