फुटबल खेलका क्रममा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको ज्यान गयो

पश्चिम अफ्रिकी देश गिनीको दोस्रो ठूलो शहर एनजेरेकोरमा फुटबल खेलका क्रममा भागदौड मच्चिँदा ५६ जनाको ज्यान गएको छ ।

फुटबल खेलका क्रममा रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबीच विवादपछि झडप हुँदा भागदौड मच्चिएको गिनीको जुन्ता नियन्त्रित सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबीचको खेलमा खलल पुर्‍याउने घटनाको निन्दा गर्नुभएको छ । प्रधानमन्त्री बाहले सरकारले घटनाको अनुसन्धान गरिरहेको बताउँदै सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्नुभएको खबरमा उल्लेख छ ।

सन् २)२१ मा भएको सत्ता विद्रोहबाट सत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रूपमा दक्षिण–पूर्वी शहरमा यो खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.