डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जात लाग्ने

डडेल्धुरा-डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जात लाग्ने भएको छ।प्रसिद धार्मिक क्षेत्रको रुपमा रहेको नवदुर्गा गाउँपालिका-५ को चामामा समैजी जात यहि मंसिर २५ गते रतेडी र २६ गते दिउसेडी लाग्ने भएको हो। मेलामा तरवारसहित चौलो र धामी झाक्रि को नाच प्रदशन हुने गर्दछ। समैजी देवताको मुख्य शक्ति भनेको भगवती अवतार हुन्।

मान्छेको राजधानी काठमाडौं भने जस्तै देवीदेवताको राजधानी चामा हो भन्ने किम्वदन्ति रहेको पाईन्छ। मेलामा मदिरा सेवन बेचबिखन तथा मदिरा सेवन गरि होहल्ला गर्न पूर्ण रुपमा रोक लगाएको स्थानिय सुरेन्द्र बिष्टले बताएका छन्।

Leave A Reply

Your email address will not be published.