पाटन–१ मा नेकपा माआवादी केन्द्रको वडा कमिटि विस्तार,अध्यक्षमा भट्टराई

बैतडी-बैतडीको पाटन नगरपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन गरिएको छ । आज भएको वडा सम्मेलनबाट नन्दराज भट्टराईको अध्यक्षतामा वडा कमिटि गठन गरिएको माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष तर्क सिंह ठगुन्नाले जानकारी दिनुभयो ।

वडा सम्मेलनमा नेकपा माओवादी केन्द्रका कन्द्रिय कमिटि सदस्य नरेन्द्र कुवँर विजयसुन्दर, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, प्रदेश कमिटि सचिवालय सदस्य धर्म सिंह ऐर, लगायत नगर कमिटिका पदाधिकारी सहित सदस्यहरु र वडातहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.