एनपीएल: दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन्। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ। यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनलमा पुगेको हो।

हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाएको छ। हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ।

Leave A Reply

Your email address will not be published.