राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे शुरु हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो।

बैठकमा आज समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीको स्थानीय तहहरूको अधिवेशन, पृथ्वी जयन्तीलगायतका विविध विषयहरूमा छलफल हुने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.