आज मौसम बदली भइ पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा हिमाली क्षेत्रमा एक-दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ।
आज बिहान तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।