बैतडीको पाटनमा सञ्चालन हुने युपिएलको ट्रफि अनावरण

उदयदेव प्रिमियर लिग (युपिएल) को ट्रफि अनावरण गरिएको छ। बैतडीको पाटन–६ स्थित पाटन भ्याली क्रिकेट क्लबले आयोजना गर्ने दोश्रो संस्करणको युपिएलको ट्रफि अनावरण गरिएको हो।

शनिवार उदयदेव मन्दिरको प्राङ्गणमा विभिन्न कार्यक्रम गरि ट्रफि अनावरण गरिएको पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष सन्तोष जोशीले जानकारी दिए। जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष चमन कुमार भण्डारी, पाटन नगरपालिका ४ वडाअध्यक्ष दिपक बिष्ट सहितका समाजसेवी ब्यक्तिहरु सयुक्त रुपमा ट्रफि अनावरण गरेका हुन्।

पाटन भ्याली क्रिकेट क्लबले जिल्लामा रहेका धार्मीक तथा सास्कृतिक पर्यटकिय क्षेत्रको प्रचार प्रसारसंगै खेलकुदको बिकास लागि गत बर्षदेखी युपिएल गर्दै आएको छ। धार्मिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धन र प्रचार प्रशार गर्ने र प्रतियोगितालाई पर्यटनसँग जोड्ने उदेश्यसहित क्रिकेट प्रतियोगिता सञ्चालन हुने उनले बताए।

पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष जोशीको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष चमनकुमारी भण्डारी, बिशिष्ट अतिथि पाटन नगरपालिका ४ अध्यक्ष दिपक बिष्ट, जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र क्रिकेट खेलाडी लगायत स्थानीयहरुको उपस्थीति रहेको थियो।

Leave A Reply

Your email address will not be published.