बैतडी: मेलौली नगरपालिका–०७ मा यू–१६ टि–१० पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। यहि पुष २६ गतेदेखी भरतपुर माध्यमिक विद्यालय गाउँकोटको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता सम्पन्न भएको खेलकुद संयोजक बिरेन्द्र बहादुर चन्दले बताउनुभयो।
शनिवार भएको फाईनल खेलमा काणाँ सुपर किङ्गले प्रथम स्थान हासिल गरेको छ। यसैगरी काणाँ टाईटन्सले दोस्रो स्थानमा चित्त बुझाएको छ।
प्रतियोगितामा प्रथम टिमलाई नगद १२ हजार र दित्तीय हुनेलाई ९ हजार सहित मेडल प्रमाण–पत्र प्रदान गरिएको खेलकुद संयोजक चन्दले बताउनुभयो। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी, वेष्ट बलर र वेष्ट ब्याट्सम्यान छनौट गरि नगद एक-एक हजार प्रदान गरिएको वडाध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो। वडा स्तरीय खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालयको आर्थीक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो।
पाचौँ वडास्तरीय सहिद चिन्तामणी पुस्कर स्मृति अन्तर्गत प्रतियोगिता सञ्चालन भएको खेलकुद संयोजक चन्दले बताउनुभयो।