बैतडीको दोगडाकेदारमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

बैतडी: दोगडाकेदार गाउँपालिकामा जारी पाचौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। दोगडाकेदार गाउँपालिका ७ लवलेकमा पौष २४ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो।

प्रतियोगितामा गाउँपालिकाका ११ वटा बिद्यालयको सहभागीता रहेको थियो। सहभागी बिद्यालय मध्ये श्रीकेदार मावि दोगडाकेदार ४ पिपलकोट प्रथम भएकोछ। श्री केदार माविले प्रथम हुदै ८ स्वर्ण ३ रजत र ३ कास्य जितेको हो।

सनातन धर्म मावि दोगडाकेदार ३ श्रीकोटले द्वितिय स्थान हासिल गरेको छ। ६ स्वर्ण ८  रजत र १० कास्य जितेर द्वितिय स्थान हासिल गरेको हो। भगवती मावि सित्तडले तृतीय स्थान हासिल गरेको छ। ६ स्वर्ण ३ रजत र ४ कास्य हात पार्दै भगवती मावि सित्तडले तृतीय स्थान हासिल गरेको हो।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा भब्यरुपमा सम्पन्न भएको रनिङ शिल्ड प्रतियोगितामा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो।

Leave A Reply

Your email address will not be published.