पाटन नगरस्तरिय राष्टपती रनिङ शिल्ड १६ गते देखी हुने

बैतडी-बैतडीको पाटन नगरपालिकामा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १६ गतेबाट हुने भएको छ ।

माघ ४ गते बसेको नगर कार्यपालिकाको बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १६ गते ज्ञानेश्वर मावि पाटन नगरपालिका(९ बिजयपुरमा सञ्चालन गर्ने निर्णय भएको हो ।

नगरपालिकाकै आयोजनामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी कसले लिने भन्ने बिषयमा टुङगो नलागेको सामाजिक विकास समितिका संयोजक हरिष बिष्टले बताउनुभयो ।

‘ ज्ञानेश्वरमा १६ गतेबाट गर्ने निर्णय भएको छ बिगतको जसरी ठेक्का दिइएको हैन, उनले भने, ‘नगर खेलकुदले पनि व्यवस्थापन गर्न सक्छ, शिक्षा शाखाले आफै पनि गर्न सक्छ, केही दिनमा एक बैँठक छ त्यसबाट निर्णय हुन्छ ।,

गत बर्ष कृष्ण माविको खेलमैदानमा सम्पन्न गरिएको थियो ।उपाधि पनि गत बर्ष कृष्ण माविले नै जितेको थियो । व्यवस्थापनसहितको ठेक्का नै कृष्ण माविले लिएको थियो । ठेक्का भन्दा २ लाख बढी खर्च दाबी गरेका थियो । रनिङ शिल्ड भएकाले भौतिक रुपमा सम्पन्न बिद्यालयको खेलमैदानमा प्रतियोगिता गर्नु पर्ने माग शिक्षकहरुको विगतमा समेत रहेको थियो ।

प्रतियोगितामा नगरपालिकाभरीका १५ वटै माध्यमिक विद्यालयहरुको सहभागिता रहेको पाटन नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिबल,कबड्डी, एथलेटिक्स लगायतका खेलहरु खेलाइने छ ।

नगरपालिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागिता जनाउने बिद्यालयलाई दुरी हेरेर १५ देखि ३० हजार सम्म रकम उपलब्ध गराउने निर्णय कार्यपालिको गरेको छ ।

गत बर्ष रकम अभाव भएको भन्दै बिद्यालयलाई रकम दिएको थिएन् । भने जिल्लास्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट पाएको उपाधिहरु समेत ग्रहण गरेको थिए ।

Leave A Reply

Your email address will not be published.