बैतडीको पञ्चेश्वरमा पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड माघ १४ गतेदेखि हुने

बैतडी: पञ्चेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १४ गतेदेखी हुने भएको छ। कुलाउ माध्यमिक विद्यालय पञ्चेश्वर गाउँपालिका–०३ को प्राङ्णमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बारेमा जानकारी गराएको हो। प्रतियोगितामा पालिका भरीका सम्पूर्ण माध्यमिक विद्यालहरुलाई विद्यार्थी सहभागि गराईदिन आग्रह गरिएको छ।

प्रतियोगितामा सहभागि हुने माध्यमिक विद्यालहरुले माघ १३ गतेसम्म विद्यार्थीहरुको विवरण पठाउनु पर्ने छ। विद्यालयहरुले गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा विद्यार्थीहरुको विवरण सहित फारम पठाउनु पर्ने जनाएको छ।

प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत महेश पार्कीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.