बझाङमा भालुको आक्रमणबाट एक महिला घाईते

बझाङ बझाङमा भालुको आक्रमणबाट एक महिला घाईते भएकी छिन्। खप्तड छान्ना गाउँपालिका(४ माझीगाउँमा आज भालुको आक्रमणबाट सोही ठाउँ बस्ने २८ वर्षीया अंकिरा रोकाया घाईते भएकी हुन्।

आफ्नो घरदेखि २ किलोमिटर टाढा दखोला भन्ने स्थानमा स्याउला काटन जाने क्रममा बाटोमा भालुले रोकायालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। भालुले उनको टाउको, अनुहार, छाती र दाईने खुट्टामा टोकेर घाईते बनाएको छ। उनको जिल्ला अस्पताल बझाङमा उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.