बैतडीको पाटनमा गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यबस्थापन कार्यक्रम सम्पन्न

बैतडी-बैतडीको पाटन नगरपालिमामा गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यबस्थापन कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र मेलौली बैतडीको आयोजना पाटन नगरपालिकाकोे सहकार्यमा वडा नम्बर ६ मा रहेको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँघर क्लिनिक बाट १४१ जना महिला र ६१ जना पुरुष गरि २०२ जना नागरिकले सेवा लिएको जनाएको छ उक्त कार्यक्रममा सुगर,ग्याष्टिक, बाथरोग, उच्चरक्तचाप, अम्लपित्त, दम, बाबाशिर, प्रदर, मधुमेह, स्त्रि रोग लगायतका रोगहरुको परामर्श तथा चेकजाच समेत गरिएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिकमत बहादुर चन्दले बताउनुभयो ।

यसैगरी जेष्ठ नागरीक,स्वास्थ्य प्रर्वदक र दिर्घरोगका बिरामीहरुलाई निशुःल्क औषधि समेत बितरण गरिएको कार्यालय प्रमुख चन्दले बताउनुभयो।

जिल्लाका स्थानीय सरकारले सहयोगको भावना बिकास गरे आयुर्वेद स्वास्थ्य सेवाले निरन्तरता पाउने उहाको भनाई छ ।

Leave A Reply

Your email address will not be published.