बैतडी : शिवनाथ गाउँपालिका–०५ मा सञ्चालीत वडास्तरीय अन्तर आधारभुत विद्यालय तेस्रो रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। उदय माध्यमिक विद्यालयको प्राङ्गण कफाडीमा सञ्चालन भएको प्रतियोगिता शुक्रवार सम्पन्न भएको वडाध्यक्ष केशव बहादुर चन्दले जानकारी दिनुभयो।
प्रतियोगिताबाट १० स्वर्ण र ३ रजत सहित उदय माध्यमिक विद्यालय कफाडी प्रथम भएको छ। यसैगरी ४ स्वर्ण र २ कास्य पदक सहित शंकरपुर आधारभुत विद्यालय दन्नी द्धित्तिय भएको वडाध्यक्ष चन्दले बताउनुभयो।
२ स्वर्ण ९ रजत र २ कास्य पदक सहित शिवपुर्ण माध्यमिक विद्यालय लामाखालीले तेस्रो स्थानमा चित्त बुझाएको छ। प्रतियोगितामा ६ विद्यालय सहभागि भएका थिए।
शुक्रवारबाट सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो। वडाध्यक्ष चन्दको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउदको प्रमुख आथित्यमा प्रतियोगिता उद्घाटन गरिएको थियो।