बैतडी-पञ्चेश्वरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ। कुुलाउ माद्यमिक विद्यालय कुुलाउकोे प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरि प्रतियोगिता सञ्चालन भएको हो।
गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्दको सभाध्यक्षता र जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुुमार भण्डारीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ। पानसमा दियो बालेर प्रतियोगितको उद्घाटन गरिएको छ।
यसैगरी उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना भट्ट, नेकपा माओवादी केन्द्र बैतडीका सचिव रमेश चन्द,नव प्रभात सयुंक्त क्याम्पसका क्याम्पस प्रमुख मोती सिंह मंगोला,जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक हरी सिंह भाण्डारी बिशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, पालिका कर्मचारी, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, पत्रकारहरु लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो।
प्रतियोगितामा पालिकाभरीका ९ माध्यमिक विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन रहने खेलकुद विकास समिती अध्यक्ष नविन भण्डारीले बताउनुुभयो । ।