बैतडीको शिवनाथमा सञ्चालित महिला तथा पुरुष भलिवल प्रतियोगिता सम्पन्न

बैतडी : शिवनाथ गाउँपालिका–०५ लामाखालीमा आईतवारबाट सञ्चालित आठौँ महिला तथा पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा  शिवपुर्ण माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित प्रतियोगिता सोमबार सम्पन्न भएको हो

प्रतियोगितामा पुरुष तर्फ भुलैलेक बारुको टिम प्रथम भएको छ। यसैगरी सुन्दर कृषक कफाडीको टिम दित्तीय र उदय मा.वि कफाडीको टिम तृतीय भएको वडाध्यक्ष केशव बहादुर चन्दले जानकारी दिनुभयो। प्रथम दित्तिय र तृतीयलाई क्रमशः ८ हजार ६ हजार र ४ हजार पुरुस्कार र प्रमाणपत्र प्रदान गरिएको जनाईएको छ।

महिला तर्फ उदय मा.वि प्रथम, भुलैलेक सामुदायिक बारु दित्तिय र शिवपूर्ण मा.वि लामाखालि तृतीय भएका छन। प्रथम दित्तिय र तृतीयलाई क्रमशः ८ हजार ६ हजार र ४ हजार पुरुस्कार र प्रमाणपत्र प्रदान गरिएको वडाध्यक्ष चन्दले जानकारी दिनुभयो।

No description available.

प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ६ टिम सहभागी भएका थिए। वडाध्यक्ष चन्दको सभाध्यक्षता र नेपाली कांग्रेस शिवनाथ गाउँ कार्यसमिति सभापती हिरा चन्दको प्रमुख आथित्यमा प्रतियोगिता उद्घाटन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.