सोमेश्वर माविले उचाल्यो पञ्चेश्वरको राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी

बैतडी: पञ्चेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सोमेश्वर मावि मड्ले हात पारेको छ। कुलाउँ मावि कुलाउको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिताको उपाधि सोमेश्वर मावि मड्ले हात पारेको छ।

सोमेश्वर माविले १० स्वर्ण, ७ रजत र ४ कास्य पदकका साथ पहिलो स्थान हासिल गरेको खेलकुद बिकास समिति अध्यक्ष नवीन भण्डारीले जानकारी दिनुभयो। यसैगरी प्रतियोगिताको उप–बिजेता कुलाउ मावि कुलाउ भएको छ। ९ स्वर्ण, ४ रजत र ५ कास्य पदक सहित प्रतियोगिताको द्धित्तीय भएको जनाईएको छ।

प्रतियोगिताको तृतीय भने जवलपुर मावि सैलोडा भएको छ। ५ स्वर्ण, ५ रजत र ९ कास्य पदकका साथ जवलपुर मावि सैलोडोले तृतीय स्थानमा चित्त बुझाएको छ। गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पालिकाभरीका ९ माध्यमिक बिद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगिता माघ १४ गतेदेखी सञ्चालन भएको थियो। समापन कार्यक्रमका सभाध्यक्ष गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द र प्रमुख अथिति मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द रहेका थिए।

यसैगरी बिशिष्ट अथिति ईलाका प्रहरी कार्यालय मेलौलीका ईन्चार्ज नरेन्द्र बहादुर चन्द, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मुकेशकान्त दयाल, मुस्याचौर आयुर्वेदका प्रमुख राजेन्द्रकान्त दयाल लगायत विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, वडाध्यक्षहरु, वडासदस्यहरु, बिभिन्न राजनितिक दलका प्रमुख, पत्रकार लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.