पाटन नगरस्तरीय रनिङ सिल्ड सम्पन्न, कृष्ण माविले जित्यो उपाधी

बैतडीको पाटन नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी कृष्ण माबी पाटनले हात पारेको छ। ८ स्वर्ण, ३ रजत र ४ कास्य सहित चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको हो । उसले कुल १५ पदक हात पार्‍यो ।

यस्तै सिगास माबी गौरीशंकर पोखरीले ६ स्वर्ण ४ रजत र दुई कास्य सहित दोस्रो भएको छ भने सिद्धनाथ मावी सिलङ्गाले ६ स्वर्ण, ३ कास्य र २ रजत हात पार्दै तेस्रो भएको छ।

यसैगरी उदयदेव मावी किम्तोलीले २ स्वर्णसहित १६ पदक हात पारेको छ। प्रतियोगिता ज्ञानेश्वर मावी पाटन नगरपालिका-९ विजयपुरको खेलमैदानमा यहि माघ १६ गतेदेखि १९ गते सम्म सन्चालन भएको थियो ।

Leave A Reply

Your email address will not be published.