बैतडी-डडेल्धुराको अजयमेरु गाउँपालिकाले क्षयरोग सम्भावित लक्षण चिन्ह भएका विरामीहरुको एआई जडित डिजिटल एक्सरेबाट क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गरि एक्सरे सेवा सहितको क्षयरोगका विरामीको खोजपडताल गर्ने शिविर संचालन गर्ने भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटी र स्वास्थ्य कार्यालय डडेल्धुराकोे प्राविधिक सहयोग र अजयमेरु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग परीक्षण शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश पालले जानकारी दिनुभयो ।
गाउँपालिकाका ३ वटा वडाहरुमा सञ्चालन हुने उक्त शिविरमा क्षयरोग सम्बन्धी लक्ष्यण देखिएका बिरामीहरुलाई एआई डिजिटल एक्सरेको माध्यमबाट परिक्षण गरिने पालले बताउनुभयो ।अहिले गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा शिविरको आयोजना गरिएको हो ।
फागुन २५ गते देखि २७ गते सम्म ३ वडाहरुमा शिविर सञ्चाल गरिने उनले बताउनुभयो ।पालिकाले प्रकाशन गरेको सार्वजनिक सुचना अनुसार फागुन २५ गते गाउँपालिकाको वडा नम्बर ५ देवल स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ ।
त्यस्तै २६ गते वडा नम्बर ३ को भद्रपुर आधारभुत अस्पताल र २७ गते गाउँपालिकाको वडा नम्बर २ मा रहेको चमडा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने जनाएको छ ।