सिगासको थलाकाँडा स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य शिविर 

बैतडी-स्वास्थ्य कार्यालय बैतडीको आयोजनमा सिगास गाउँपालिका–६ को थलाकाँडा स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मंगलबार थलाकाँडा स्वास्थ्य चौकीमा उक्त निशुल्क एक दिने प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।एक दिवसीय प्रजनन स्वास्थ्य शिविरबाट ३४४ जनाले चिकित्सकीय सेवा लिएका थलाकाँडा स्वाँस्थ्य चौकीका इन्चार्ज दिपेन्द्र बहादुर रोकायाले जानकारी दिनुभयो ।

शिविरमा चिकित्कद्वारा बिरामीको चेक जाँच, निदान उपचार तथा प्रेसण, पाठेघरको मुखको क्यान्सर (भिआईए) स्क्रिनिङ जाँच, गर्भवति महिलाहरुको चेक जाँच तथा भिडियो एक्सरे, पाठेघर खसेका महिलाहरुको स्क्रिनिङ , मधुमेह लगायत लगायतका नसर्ने रोगको चेकजाँच र परामर्श सेवा प्रदान गरिएको रोकायाले बताउनुभयो।

उक्त शिविर बाट२१० जनाको स्वास्थ्य परीक्षण, ३५ जनाको पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ, २३ जना गर्भवति महिलाले भिडीयो एक्सरे सेवा र ७६ जनाको मधुमेहको चेकजाँच र परामर्श सेवा प्रदान गरिएको उनले बताउनुभयो ।दुर्गम क्षेत्रका नागरीकहरुलाई चिकित्सकीय सेवा दिने उद्धेश्यले एकदिने शिविरको आयोजना गरेको थियो ।

Leave A Reply

Your email address will not be published.