सिद्धेश्वर मावि मेल्चौराले होली खेलेर गर्‍यो, तिन लाख भन्दा बढी रकम संकलन

बैतडी-बैतडीमा होली खेलेर ३ लाख भन्दा बढी रकम संकलन गरिएको छ। जिल्लाको पाटन नगरपालिका -१ मा रहेको सिद्धेश्वर माद्यमिक विद्यालय मेल्चौराले आयोजना गरेको होलीमा ३ लाख ३० हजार ६ सय ५७ रुपैयाँ सङ्कलन भएको छ।

३ दिन सम्म चलेको उक्त होलीमा विद्यालयका शिक्षक, विद्यार्थी, विव्यस र अभिभावक लगायत स्थानीयहरुको सहभागीतामा होली खेलिएको सिद्धेश्वर माविका प्रध्यानाध्यापक दिपेन्द्र सिंह चाँडले बताउनुभयो।

विद्यालयको आयोजनमा मनाउँदै आएको होली यो वर्ष भने अरू वर्ष भन्दा फरक तरिकाले मनाएको उनको भनाई छ। होलीबाट सङ्कलित रकम विद्यालयको शैक्षिक सुधार र सामाजिक कार्यमा खर्च गरिने भएको छ। सङ्कलित रकम विद्यालयको सर्वाङ्गीण विकासका लागि खर्च गरिने सिद्धेश्वर मावि मेल्चौराका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिकमत सिंह रावलले जानकारी दिनुभयो।

होली खेल्न अभिभावकहरूको घरदैलोमा पुग्दा विद्यालय र अभिभावकसँगको सम्बन्ध विस्तारमा मद्दत पुगेको रावलकोे भनाइ छ। जिल्लाका सामुदायिक विद्यालयहरुले पर्वको मौलिकताको संरक्षणका साथै आर्थिक भौतिक अवस्थालाई सुधार गर्न पनि होली खेल्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.