बैतडीको गोकुलेश्वरमा रहेको सेटीगांउ बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ। चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको लागी फर्जि विधार्थी भर्ना गरेको र सहमती बिपरित क्याम्पस प्रशासनले मनोमानी ढंगले एकलौटी ढंगबाट नेबिसंघ र क्रान्तिकारीलाइ परिचयपत्र दिएको भन्दै अनेरास्ववियुले तालाबन्दि गरेको एमाले जिल्ला कमिटी सदस्य अनेरास्ववियु सह(इन्चार्ज नरेन्द्र नाथले बताए।
नरेन्द्रको भनाइ अनुसार क्याम्पसमा बिधार्थी भर्ना म्याद सकिएको १० दिन पछि फर्जि विधार्थी भर्ना गरेको र मतदाता अनुसार परिचयपत्र बितरण गरौ भन्दा क्याम्पस प्रसासनले नमानेको र नेबिसंघ र क्रान्तिकारीले हार्ने मनसायका कारण क्याम्पस प्रसासनले परिचयपत्र एकमुष्ट रुपमा नेबिसंघ र क्रान्तिकारीलाइ लाइ दिदा अनेरास्ववियुले तालाबन्दी गरेको र फर्जि विधार्थी भर्ना खारेज गर्न र कब्जा गरिएका परिचयपत्र फिर्ता गरी सम्बन्धित विधार्थीलाइ बितरण गर्न माग गर्दै तालाबन्दी गरेको बताए।
