बैतडी । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नवप्रभात संयुक्त क्याम्पस कुलाउ बैतडीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ। विद्यार्थी संगठनहरुबीच सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो।
सहमतीअनुसार १५ जनाको कार्यसमितिमा अनेरास्ववियुले अध्यक्षसहित ६ जना,नेविसंघले सचिवसहित ५ र अनेरास्ववियु क्रान्तिकारीले उपाध्यक्षसहित ४ जना लिएका क्याम्पस प्रमुख मोतीसिंह मंगोलाले जानकारी दिनुभयो।
सभापतिमा अनेरास्ववियुकी सपना चन्द निर्विरोध चयन हुनुभयो। उपाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी मनिसा साउँद ,सचिवमा नेपाल विद्यार्थी संघकी अस्मिता जोशी, सहसचिवमा अनेरास्ववियुकी ईश्वरी भट्ट र कोषाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी लक्ष्मी चन्द निर्विरोध चयन हुनुभएको छ।
यस्तै सदस्यमा अनेरास्ववियुकी बल्ली जोशी,इश्वरी भट्ट र मुना साउँद चयन भएका छन्। नेविसंघकी सुनिता चन्द, दिपा घटाल र अनेरास्ववियु क्रान्तिकारीकी एलीसा चन्द र जीवन घटाल पनि सदस्यमा चयन हुनुभयो।
समानुपातिक सदस्यतर्फ अनेरास्ववियुकी रमना चन्द र दिपा साउँद, नेविसंघकी प्रियंका मंगोला र गीता सार्की चयन भएका छन्। यहाँ ३०१ जना विद्यार्थी मतदाता रहेका थिए।