बैतडीको मेलौली नगरपालिका वडा न ९ मा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकसंग अन्तरक्रिया सम्पन्न भएको छ। वडा न ९ को आयोजनामा शैक्षिक गुणस्तर उकास्न र उपलब्धी वृद्धि गर्न चालु शैक्षिक सत्रको समिक्षा, आगामी रणनीति, स्थानीय सरकार र शिक्षकहरुले खेल्नुपर्ने भूमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको वडा सचिव हिमाल भाटले बताउनुभयो।
नितान्त रुपमा विद्यालयको शैक्षिक अवस्था सुधारका लागि र सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको चासो बढाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सचिव भाटले बताउनुभयो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर देखिएको भन्दै प्रत्येक विद्यालयका विद्यालय व्यवस्थापन अध्यक्ष र शिक्षकहरु बसेर आआफ्नो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुको कारण, समस्या, सुधार गनुपर्ने पक्ष र समाधानका उपाय सहित लिखित रिपोर्टिङ्ग गरेका थिए ।
प्रत्येक विद्यालयका शिक्षकहरुले तयार पारेको रिपोर्टिङ्गमा शिक्षक दरबन्दीको कमी, परम्परागत शिक्षणशैली,तालिमको प्रभावकारी कार्यान्वयन नहुनु, शिक्षकबीच समन्वय सहकार्य र सहजीकरणको कमी, अभिभावकले विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री व्यवस्थापन नगरि दिनु, स्वास्थ्य सरसफाई, पोशाक र नियमित हेरचाह नगर्नु, अभिभावकमा शिक्षाको कमीले गर्दा शैक्षिक गुणस्तर सुधार नभएको बताईएको छ।
छलफलमा शिक्षकहरुले गुणस्तर सुधारका लागि विद्यार्थीको नियमित दर बढाउने, योजनावद्ध पठनपाठनमा जोड दिने, बालमैत्री कक्षा कोठा, अनुगमनमा जोड, शिक्षकबीच समन्वय, तालिमको कार्यान्वय, मुल्याङ्कन, शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग र पाठ्ययोजनाको पूर्व तयारीे हुनुपर्ने जोड दिएका छन्। वडा न ९ मा ४ओटा विद्यालय रहेका छन।
कार्यक्रममा समाजिक विकास समिति संयोजक तथा वडा न ९ का वडा अध्यक्ष लोक राज भट्टले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताएका छन्। स्थानीय सरकारले शिक्षा क्षेत्रको आमुल परिवर्तन ल्याउन विभिन्न उपलब्धीमुलक क्रियाकलाप सञ्चालन गर्दै आईरहेको बताउनुभयो।
सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको चासो बढाउन, भौतिक तथा अन्य व्यवस्थापनको पक्षलाई सुधार गर्न आवश्यक नीति तथा प्रकृयाबारे सुझाव संकलन गर्ने लक्ष्यका साथ छलफलको आयोजना गरिएका वडा अध्यक्ष भट्टले बताएका छन्।
गुणस्तर सुधारका लागि बाकी रहेको भौतिक संरचना निमार्ण गर्ने, बाह्य वातावरण सिर्जना गर्ने, विषयगत शिक्षकको व्यवस्थापन गर्ने, विद्यालयमा ईन्टरनेट जडानदेखि प्रविधिको व्यवस्थापन मिलाउने र आवश्यक शैक्षणिक सामग्रीको स्थानीय सरकारले व्यवस्थापन मिलाउने र बेशबाटै सुधार्ने रणनीति ल्याउने उनले बताउनुभयो।
शैक्षिक क्षेत्रको गुण्स्तर सुधारका लागी विद्यालयमा विद्यार्थीलाई आकर्षण बढाउने वातावरण गनुपर्ने, अध्यक्ष अध्यक्ष भट्टले बताएका छन्। अन्तरक्रियामा आगमीक योजना समेत तयारी पारिएको थियो । वडा न ९ का वडा अध्यक्ष लोक राज भट्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगर उपप्रमुख पार्वती बाहरा विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बाग, नेपाली काग्रेसका महासमिति सदस्य ईश्वर दत्त भट्ट, सामदायिक रुपान्तरणका का लागी पैरवी समुहका अध्यक्ष नरिराम लुहार, ४ वटै विद्यालयका विव्यस अध्यक्ष,सबै विद्यालयका प्रअ तथा शिक्षक, शिक्षिका विभिन्न संस्थाका प्रमुख एवं सरोकारवालाहरूको उपस्थिति रहेको थियो।