मेलौलीमा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी निःशुल्क शिविर

बैतडी-बैतडीको मेलौली नगरपालिकामा प्रजनन रुग्णता सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामो वडा नम्वर ५ मा रहेको महारुद्र स्वास्थ्य चौकी र वडा न ९ मा रहको विशालपुर स्वास्थ्य चौकीमा महिलाहरुको निम्ति प्रजनन रुग्णता सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा १२४ जनाको स्वास्थ्य परीक्षण, ५२ जना महिलाहरुको पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ,जाँच गरिएको थियो। ५ जना गर्भवति महिलालाई भिडीयो एक्सरे सेवा, ,पाठेघर खसेका महिलाहरुको स्क्रिनिङ गरी १० जनालाई रिङ्ग र १ जनाको फिस्टुलाको चेकजाँच र परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो ।

शिविरमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा.सन्जिन केसी,स्वास्थ्य शाखामा कार्यरत सिअनमी निरिक्षक हरिना कुमारी भण्डारी कर्मचारी, स्वास्थ्यकर्मी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

महिलाहरुको पाठेघर क्यान्सर पत्ता लगाउने उद्देश्यले शिविर सञ्चालन गरिएको र शिविर प्रभावकारी भएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.