बैतडीको पञ्चेश्वरका भट्टले गरे जन्मदिनको अवसरमा खाद्यान्न वितरण

बैतडीका एकजना युवाले जन्मदिनको अवसरमा खाजा तथा खाद्यान्न वितरण गरेका छन। जिल्लाको पञ्चेश्वर गाउँपालिका-०३ कुलाउँ ढलापोखरीका भवानी प्रसाद भट्टले आफ्नो जन्मदिनको अवसरमा खाजा तथा खाद्यान्न वितरण गरेको हुन।

हाल काठमाण्डौमा बस्दै आएका भट्टले चैत्र ५ गते मंगलबारका दिन पशुपति मन्दिरमा क्षेत्रमा खाजा तथा खाद्यान्न वितरण गरेको रेडियो मेलौलीलाई बताउनुभयो। विगत लामो समयदेखी सामाजिक कार्यमा सक्रिय रहेका भट्टले पशुपति मन्दिरमा गरिव, दुखि, पिडीत र शारिरिक तवरले अशक्तहरुलाई खाजा तथा खाद्यान्न वितरण गरेका हुन।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटाएर खाजा तथा खाद्यान्न वितरण गरेको उनले बताएका छन। आगामी दिनमा पनि यस्तै कार्यमा सरिक हुने उनले बताएका छन।

Leave A Reply

Your email address will not be published.