दार्चुलाका धामीको उपचारमा आर्थीक समस्या, सहयोगको अपिल

बैतडी : दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ बसेडीका २५ वर्षीय रोशनसिंह धामीको उपचारमा आर्थिक समस्या भएको छ। ब्लड क्यान्सरबाट ग्रसीत धामीको उपचारमा आर्थीक समस्या भएको आफन्त दिपक धामीले बताउनुभयो।

बैदेशीक रोजगारीको लागि दुबै गएका धामी ब्लड क्यान्सरबाट ग्रसीत भएपछि नेपाल फर्किएका थिए। हाल शिक्षण अस्पताल काठमाण्डौमा उपचार गराई रहनुभएका धामीको उपचारमा आर्थीक समस्या भएपछि सहयोगको अपिल गरिएको छ।

करिव ५/६ लाँख ऋण निकालेर बिदेशीएका धामी बिरामी भएर नेपाल फर्किएपछि परिवार चिन्तामा रहेको छ। घरको आर्थीक अवस्था निकै कमजोर भएका कारण सहयोगि माहानभावहरुलाई परिवारले सहयोगको अपिल गर्नुभएको छ।

धामीलाई उपचारमा सहयोग गर्न चाहनेले उहाँकी श्रीमती लक्ष्मी बिष्ट धामीको नाममा माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०८९०९७७८५६१०००१७ अथवा क्यू आर कोडमा सहयोग गर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.