बैतडी : उदयीमान देउडा गायक तेज दयालको आवाजमा नयाँ देउडा गित “आईगयो चैतको महिना” सार्वजनीक भएको छ। गायक तथा सर्जक प्रकास विरहीको लय तथा शब्दमा भेटौलो महिना बिशेष देउडा गित बजारमा ल्याएको गायक दयालले बताउनुभयो।
अलिसा डिजिटल रेकर्डिङ स्टुडीयो अत्तरीयामा रेकर्ड गरिएको गितमा गायक दयाललाई गायिका लक्ष्मी रानाले स्वरमा साथ दिनुभएको छ। सुदूर खबर वान युटूब च्यानलबाट सार्वजनीक गरिएको गितलाई किशोर कुमार भण्डारीले एरेन्जर गर्नुभएको हो।
सुदूरपश्चिमा चैत महिना सुरु भएसंगै दिदिबहिनी भेटने चलन रहेको छ। माईती पक्षबाट कोसेली लगेर दिदि बहिनी भेटने चलन अनुसार गित बजार ल्याएको गायक दयालले बताउनुभयो।
गितमा रोजगारीको लागि घर बाहिर रहेको दाईले बहिनी भेटन नपाएको कुरा उल्लेख गरिएको छ। गितलाई सुनेर सल्लाह सुझाव दिन गितका सर्जक विरहीले आग्रह गर्नुभएको छ।