केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिने

बैतडी-बैतडीको मेलौली नगरपालिका –७ स्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द मेलौलीमा मानसिक स्वास्थ्य सम्बन्धि शिविर संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा मेलौली नगरपालिकाको समुन्वयमा एक दिने शिविर संचालन हुने वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी विपिन लेखकले बताउनुभयो ।चैत्र १५ गते शिविर आयोजना हुने सुचना अधिकारी लेखकले बताउनुभयो ।

दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवाको पहुँच र्पुयाउने उद्देश्यले शिविरको आयोजना गरिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.