गायक पन्तको देउडा गीत ‘जोइ पोइ’ सार्वजनिक (भिडियोसहित)

सुदूरपश्चिमको मौलिक लोक संस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ सार्वजनिक भएको छ। गीत भिडियो सहित ‘सुदूर खबर वान’ युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ।

गीतमा कृष्ण दत्त पन्त र संगीता मल्लको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन र लय चर्चित गायक गोपाल दयालले गरेका छन्। गीतको मिक्सिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ कार्य म्युजिक प्लस काठमाण्डौं स्टुडियोमा सम्पन्न भएको हो।

कमेडी डेउडा शैलीमा तयार पारिएको यस गीतमा गायक कृष्ण दत्त पन्त स्वयंको अभिनय रहेको छ। साथै, वर्षा सापकोटा, सागर धामी, दिपा बम, पवित्रा थापा र जुना साउदको समेत अभिनय रहेको छ। भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन किशोर कुमार भण्डारीले गरेका छन् भने मेकअपको जिम्मेवारी दिपा भण्डारीले सम्हालेकी छिन्।

सुदूरपश्चिमको मौलिक डेउडा संस्कृतिलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास स्वरूप तयार पारिएको यो गीत दर्शक तथा श्रोतामाझ चर्चित हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमको कला र संस्कृतिलाई जोगाउन तथा प्रवर्द्धन गर्न ‘सुदूर खबर वान’ युट्युब च्यानलले अहिलेसम्म झन्डै २०० वटा गीत सार्वजनिक गरिसकेको छ। यसअघिका चर्चित गीतहरूमा ‘बैतडीकी बसन्ती’, ‘लाल सारीमा’, ‘शर्माली क्याम्पस गेट’ लगायतका डेउडा गीतहरू रहेका छन्। यिनै गीतहरूले स्थानीय संस्कृतिलाई नयाँ पुस्तामाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

भिडियो हेर्न तलकाे लिङ्क क्लीक गर्नुहाेला।

Leave A Reply

Your email address will not be published.