मणिलेक बहुमुखी क्याम्पसमा नेबिसघंको ईकाई कमिटी गठन

बैतडी : मणिलेक बहुमुखी क्याम्पस मेलौली बैतडीमा नेपाल विद्यार्थी सघं (नेबिसंघ) को ईकाई कमिटी गठन गरिएको छ।

आईतबार सरस्वती नेगीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको छ। नेबिसघंका नगर कमिटी संयोजक बिजय पोखरेलको अध्यक्षता तथा नेपाली कांग्रेसका माहासमिति सदस्य सुरत पार्किको प्रमुख आतिथ्यमा नयाँ कमिटी चयन गरिएको संयोजक पोखरेलले बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य तथा मेलौली नगरपालिका–०९ का वडाध्यक्ष लोकराज भट्ट, शिवनाथ गाउँपालिका प्रवक्ता केशब चन्द, नेबिसंघ जिल्ला अध्यक्ष दिपेन ढुङ्गाल र नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य प्रेम चन्द बिशिष्ट अतिथि रहनुभएको जनाईएको छ।

मणिलेक बहुमुखी क्याम्पसको आसन्न स्वबीयु निर्वाचनका लागि पूर्व तयारीका बारेमा पनि छलफल गरिएको संयोजक पोखरेलले बताउनुभयो। 

Leave A Reply

Your email address will not be published.