नेबिसघंको मणिलेक क्याम्पस ईकाई कमिटि गठन

दिपक राज दिर्घायु
चैत्र १४ सोमबार,२०७८

बैतडी-नेपाल बिद्यार्थी सघं नेबिसघंको मणिलेक क्याम्पस ईकाई कमिटि गठन गरिएको छ। नेबिसघंका मेलौली नगर सभापति बिजय पोखरेलको संयोजक्त्वमा उपाध्यक्ष, सचिब, स–सचिब, कोषाध्यक्ष र बाकि सदस्य रहने गरि ९५ सदस्यीय ईकाई कमिटि गठन गरिएको हो।

सोमबार गरिएको क्याम्पस ईकाई कमिटि गठन कार्यक्रममा नेबिसघं बैतडीका अध्यक्ष कपिल केसि प्रमुख अतिथि रहेका थिए । बिशिष्ट अतिथिमा नेबिसघं बैतडीका सदस्य प्रेम बहादुर चन्दँ र क्याम्पस सभापति निरज भट्ट रहेका थिए ।

यसैगरि नेबिसघं बैतडीले प्रजातन्त्रबादि प्रध्यापक सघं नेपालको मणिलेक क्याम्पस कमिटिका नब निर्बाचित पदाधिकारीलाई दोसल्ला सहित सम्मान गरेको छ ।

सभापती दिपक राज भट्ट, सचिब गगन राज पाण्डेय, कोषाध्यक्ष रेखा भट्ट, सदस्य राजेन्द्र सिह बिष्ट, कृष्ण दत्त भट्ट र केशव राज पाण्डेयलाई बधाई स्वरुप सम्मान गरिएको नेबिसघं जिल्ला सदस्य प्रेम बहादुर चन्दले बताए ।

1 Comment
  1. Haridatt Bhatt says

    अवला झोले का हुन 95 जना जम्मै पनि छैन् होला क्याम्पस मा 95 सदस्य ???

Leave A Reply

Your email address will not be published.