सोमबार सार्वजनिक बिदा

काठमाडौँ— सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व (इद उल फित्र) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आइतबार जानकारी दिएको हो ।

‘२०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’  मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जारी सूचनामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.