त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु सभापतिमा जोशी विजयी

बैतडी-त्रिवि विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ ।नेविसंघका दिपकराज जोशी सभापति निर्वाचित भएका हुन् । उनले ७८९ मत प्राप्त गरेका छन् ।

जम्मा ३११८ खसेको मतमध्ये उनले ७८९ मतसहित विजय हासिल गरेका छन् भने अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन् । जोशी ८ मतान्तरले निर्वाचित बनेका हुन् ।त्यस्तै, क्रान्तिकारीका प्रविन दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्जवल खड्काले ७१७ मत ल्याएका छन् ।

Leave A Reply

Your email address will not be published.