बैतडी : कलाकार मनोहर परियार मेलौली नगरपालिका–०१ देउनोला निवासी हुन। ७० वर्षिया परियार विगत ५५ वर्षदेखी गित संगितको यात्रामा निरन्तर लागिरहेका छन।
समाजका विकृति, बिसङ्गति, रुढिवादी र समाज सुधारका बिषयमा गित गाईरहने परियार पुराना कलाकार हुन। पुख्यौली पेसा छलिया नृत्यसंगै कलाकारीतामा जोडिएका परियारले थुप्रै गित बजारमा दिएका छन।
संख्याका हिसावले करिव २५ रेकर्डिङ गराएको भएपनि मौलिक प्रस्तुतीहरु हजारौको मात्रामा छन। जिल्ला भित्रै मात्र नभएर जिल्ला बाहिर र भारतका बिभिन्न सांस्कृतिक कार्यक्रममा उनले मौलिक प्रस्तुतीहरु प्रस्तुत गरेका छन।
प्रायः गरेर स्टेजमा रेकर्डिङ गरेका गित गाउनु भन्दापनि हार्मोनियम, तवला र मादलको साथमा मौलिक गितहरु गाउन मन पराउछन। यसका साथै छलियाका गितहरु (ठोक) पनि गाउन औधी रुचाउछन। उमेरसंगै शारिरक अवस्था कमजोर हुन थालेपछि छलिया नृत्य गर्न नसकेको र गाउने काम निरन्तर चलिरहेको उनले बताएका छन।
कलाकार परियारले गित संगितको माध्यमबाट धेरैको मन जितेका छन। कलाकारीता क्षेत्रमा लागेर ठुलठुला पुरुस्कार र सम्मानीत समेत भएको उनले बताएका छन। परियार राष्ट्रिय प्रतिभा पुरुस्कारबाट समेत सम्मानीत भईसकेका छन। नेपाल संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयबाट पर्यटन मन्त्री योगेश भट्टराईले कलाकार परियारलाई सम्मान गरेका थिए।
दलित वर्गको मान्छेले पनि कलाकारीता क्षेत्रबाटै यो किसीमको सम्मान पाउनु धेरै ठुलो कुरा रहेको र यसमा आफु पूर्ण सन्तुष्टी भएको उनले बताए। स्थानीय तथा बाह्य ठाउका मेला महोत्सवमा आफुलाई बोलाउदा खुसि लाग्ने गरेको र यो क्षेत्रलाई निरन्तरता दिन सकिरहेको उनको भनाई रहेको छ।
सुदूरका मौलिक भाकाहरु, भेषभुषा, बाजाहरु र समग्र संस्कृति पछिल्लो समय लोप हुदै गईरहेको प्रति उनले चिन्ता ब्यक्त गरे। आफुसगं दमाह, हुड्को, रैसिङ्यो, झ्याली, ब्याकुल, छलिया लगायतका बाजाहरु भएको र यि बाजाहरु प्रति कसैको चासो नहुदा लोप हुदै गईरहेको उनले बताए।
एक जनाले भन्दापनि सबैले संस्कृतिको संरक्षणमा लाग्ने हो, भने यो संस्कृति धेरै अगाडीसम्म लग्न सकिने उनको भनाई रहेको छ। विहे, वर्तबन्ध, मेला महोत्सवमा स्थानीय बाजाहरु र भाकाहरुलाई प्राथमिक दिन सकियो भने सुदूरको संस्कृति जोगिने र यसको लागि स्थानीयसंगै प्रदेस सरकारले पनि भुमिका खेल्नुपर्ने परियारको भनाई रहेको छ।
गित संगितको यात्रामा निरन्तरतासंगै कलाकार परियारले पछिल्लो समय एक गित बजारमा ल्याएका छन। देवभुमि नामक गित उनले बजारमा ल्याएका हुन। जिल्लाका बिभिन्न देवताहरुको बारेमा वर्णन गरिएको गित बजारमा ल्याएका हुन।
केहि दिनभित्रै लागुऔषध सम्बन्धि जनचेतनामुलक गित बजारमा ल्याउने उनले बताएका छन।
कलाकार परियारले केहि दिन अघि मात्र बजारमा ल्याउनु भएको गित। देवभुमि ।