बैतडीको शिवनाथमा दुई दिने निशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ। शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आयोजना तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महताले बताए ।
दुई दिने शिविरमा १ सय १३ जनाले आँखाको शल्यक्रिया गराएका छन् भने ४ सय ५० जना ओपिडी सेवा लिएका छ। यसतै शिविरमा आँखा कमजोर भएका १ सय १५ लाई निः शुल्क चस्मा बितरण गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर साउँदले बताए।
गाउँपालिकाबासीहरुलाई आँखा स्वास्थ्य सम्बन्धी सेवा दिने उद्देश्यले विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरेर आँखा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष साउँदले जानकारी दिए।