डडेल्धुराको अजयमेरुमा एकदिने पशु शिविर सम्पन्न, १६ सय ७८ पशुको उपचार

बैतडी : डडेल्धुराको अजयमेरु गाउँपालिकाले बढी संख्यामा पशुपालन गर्ने क्षेत्र पशु स्वास्थ्य घुम्ती शिविर आयोजना गरेको छ। गाउँपालिकाको वडा नम्बर ३ मगराउ र वडा नम्बर ४ को भुल्कुडामा एक पशु स्वास्थ्य घुम्ती शिविरको आयोजना गरिएको हो। एक दिन शिविरमा १६ सय ७८ पशु चौपायाको उपचार गरिएको अजयमेरु गाउँपालिका पशु विकास शाखा प्रमुख चन्द्रकान्त चटौतले बताए।

परजिवि नियन्त्रण ६ सय १९, बन्धाकरण ४५, प्राथमिक उपचार तथा सुझाव ७ सय ३४, रेविज खोप ६६, पीपीआर खोप २ सय १४ गरी जम्मा १६सय ७८ पशु चौपायालाई सेवा दिएको पशु विकास शाखा प्रमुख चटौतले बताएले बताए। अजयमेरु गाउँपालिकाको चालु आर्थिक बर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु स्वास्थ्य घुम्ती शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास) ले बताए।

उनले भने, ‘चालु आर्थिक बर्षको निती कार्यक्रम तथा बजेट अनुसार हामीले शिविर आयोजना गरेका हौँ, हाम्रो गाउँपालिकाका पशु पालन गर्ने क्षेत्रलाई बिषेश ध्यानमा राखेर शिविर गरिएको छ, पशुहरुको समयमै उपचार भए कृषकलाई क्षतीबाट जोखाउन सकिन्छ।’ गाउँपालिकाले वडा-वडामा स्वास्थ्य शिविर सम्पन्न गरिसकेपछि अहिले पशु स्वास्थ्य शिविर आयोजना गरेको अध्यक्ष भट्टले बताए।

Leave A Reply

Your email address will not be published.