बैतडीमा काफलको रुखबाट लडेर एक बालिकाको मुत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय बालिका सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो।
बुधबार बिहान करिब साढे १० बजेतिर आमासंग स्थानीय जंगलमा काफल टिप्न गएकी उनको काफलको रुखबबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारी जानकारी दिए । उनी खेति मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।